पूर्व मिस यूनिभर्स सुष्मिता सेनले फिल्ममा कमब्याक गर्न चाहेको बताएकी छिन् । सुष्मिताको लास्ट फिल्म 'नो प्रोब्लम' थियो, जुन सन् २०१० मा रिलिज भएको थियो । करीब सात वर्षदेखि पर्दाबाट टाढा रहेकी सेनले कमब्याकका लागि एउटा राम्रो स्क्रिप्टको खोजिरहेको बताइन् । अहिले उनी एक स्क्रिप्ट अध्ययन गरिरहेकी छिन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भनिन्, 'म गएको डेढ वर्षदेखि पटकथाहरु हेरिरहेको छु । मलाई लाग्छ कि म आफ्नो जिन्दगीको ६ महिना एक फिल्मका लागि दिन तयार छु । तर, यसका लागि एउटा राम्रो पटकथा पनि तयार हुन आवश्यक छ ।'

वर्ष १९९४ की मिस यूनिभर्स अगाडि थप्छिन्, 'मेरो सबैभन्दा ठूलो महत्वाकांक्षा स्टार बन्नका लागि होइन मात्र मेरा प्रशंसकहरुसँग नजिक हुनका लागि मात्र हो । म प्रशंसकहरुसँग नजिक हुन विभिन्न बाटो निकाल्ने गर्छु । म आभारी छु कि भगवानले मलाई अभिनेत्री बन्ने मौका दिए ।'