रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको नयाँ फिल्म ‘पद्मावत’ (पद्मावती) हेर्नका लागि लामो समयदेखि ब्यापक प्रतिक्षा भइरहेको छ । सञ्जय लीला भंसालीको यो फिल्म बक्स अफिसमा निकै ठूलो रिलिज हुँदैछ, यसकारण फिल्मको टिकट मूल्य पनि निकै बढाइएको छ ।

यो फिल्म हेर्नका लागि भारतमा दर्शकले २४ सयको टिकट किन्नु पर्ने भएको छ । स्टारकास्ट कलाकार र लामो समय विवादमा तानिएका कारण पनि यो फिल्म दर्शकमाझ खुब प्रतिक्षीत छ । यही कारण मल्टिप्लेक्सका मालिकहरुले फिल्मको टिकट ह्वात्तै बढाएका हुन् ।

यसभन्दा अगाडि सलमान खानको फिल्म 'टाइगर जिन्दा हे' र प्रभासको फिल्म 'बाहुबली २' को टिकट मूल्य २५ सय रुपैयाँ थियो । धेरै सिनेमाघरमा ‘पद्मावत’को टिकट मूल्य १ हजारदेखि २४ सयसम्म छ । फिल्मको न्यूनतम टिकट मूल्य २ सय रहेको छ ।

२५ जनवरीबाट प्रदर्शनमा आउन लागेको ‘पद्मावत’को मंगलवारबाट भारतसँगै नेपालमा पनि एडभान्स बुकिङ ओपन भइसकेको छ । फिल्ममा दीपिकाले रानी पद्मावतीको भूमिका निर्वाह गरेकी छिन् । यस्तै, शाहिद महारावल रतन सिंहको भूमिकामा र रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा देखिनेछन् ।