पथरी । मोरङको कानेपोखरी गाउँपालिका –४रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलले सरस्वती पूजाको अवसरमा विविध कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार विद्यालयले विद्यालयमा सरस्वती पूजाको आयोजना गर्दै तेस्रो त्रैमासिक परीक्षामा प्रथम,द्धितीय र तेस्रो हुनेलाई पुरस्कार वितरण गरेको हो । पुरस्कार शैक्षिक सामाग्री प्रत्येक विदयार्थीहरलाई उपस्थीत अभिभावहरुबाट वितरण गरिएको थियो । कक्षा ८ बाट प्रथम यशोदा दंगाल,द्धितीय रुपेश राय र तृतीय मनिका मगर भएका थिए । त्यसैगरी कक्षा ७ बाट सौरभ दंगाल प्रथम, करुणा गिरी द्धितीय र सरोज चौधरी तृतीय भएका थिए । कक्षा ६ बाट प्रथम योगश लिम्बू, द्धितीय स्वस्तिका धिमाल र तृतीय दिक्षा बिक भएका थिए । कक्षा ५ बाट सन्ध्या बस्नेत प्रथम,सुशान्त पौडेल द्धितीय र दिवश विक तृतीय भएका छन् । कक्षा ४बाट आयुसा तामाङ प्रथम, प्रदिप श्रेष्ठ द्धितीय र सुस्मिता खड्का तृतीय भएका थिए । त्यसैगरी कक्षा ३ बाट प्रथम दिपिका विक, द्धितीय सञ्जिब बास्तोला र तृतीय जेनिशा बस्नेत भएका छन् । कक्षा २ बाट सनम तामाङ प्रथम, सुस्मिता तामाङ द्धितीय र इसाक लिम्बू तृतीय भएका छन् । त्यसैगरी कक्षा १ बाट प्रथम प्रिन्सि गौतम,द्धितीय एन्जल खतिवडा र तृतीय पुष्पलाल गिरी भएका छन् । त्यसैगरी युकेजीबाट प्रथम प्रियाङका राई, दोस्रो निवेश लिम्बू र तेस्रो अंकन श्रेष्ठ भएका छन् । कक्षा एलकेजीबाट प्रथम योजन अधिकारी,दोस्रो प्रनिशा परियार र तेस्रो सुगम चौलागाई भएका छन् । त्यसैगरी नर्सरीमा प्रथम समिप बस्नेत,द्धितीय अविशेक माझी र तृतीय अनुष्का फुयल भएका थिए । प्लेग्रुपबाट प्रथम ओजस्वी पराजुली, द्धितीय सक्क्षम श्रेष्ठ र तृतीय रेवण दाहाल भएका थिए ।