विराटनगर/ १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको उपाधि मध्यमाञ्चलले जितेको छ ।

विराटनगरमा सोमबार सम्पन्न भएको प्रतियोगितामा मध्यमाञ्चलले ३ सर्वण, २ रजत र ३ कायस्कासाथ उपाधि हात पारेको हो ।

प्रतियोगिताको उपबिजेता पूर्वाञ्चल भयो । पूर्वाञ्चलले ३ सर्वण, १ रजत हात पारी उपबिजेतामा चित्त बुझायो भने मध्यपश्चिमाञ्चलले १ रजत र २ कास्यका साथ तेस्रो भयो ।

सोमबार भएको फाइनलमा पुरुष डबलमा पूर्वाञ्चलका यूकेश यञ्जन र आषिश बोहराको जोडिले मध्यमाञ्चलका प्रदिप खत्री र व्रिजेश पाण्डेका जाडिलाई ५–२ को सेटले पराजित गरी उपाधि हात पारेको छ ।

त्यस्तै टिम इभेन्ट्समा पूर्वाञ्चलले मध्येमाञ्चललाई ३–३ को सेटले पाराजित गरि उपाधि हात पारेको छ भने पश्चिमाञ्चल र मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझाएको छ । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदुरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्येपश्चिमाञ्चल र एपिएफ गरि ८२ जना खेलाडिहरु सहभागि रहेका थिए ।

विजयी खेलाडिहरुलाई पूर्वाञ्चल खेलकुद विकाश विकाश समितिका अध्यक्ष रविन नगरकोटीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।