विराटनगर । मोरङ र झापाबाट विहीबार दिउँसो प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
मोरङको विराटनगर-१५ र १२ बाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुनसरी धरान-८ बस्ने १८ बर्षिय राकेश प्रधान, मोरङ पथरी नगरपालिका-१० बस्ने १८ बर्षिय जेनिस थापा र मोरङकै सुन्दरहरैचा नगरपालिका-६ बस्ने१८ बर्षिय सागर प्रसाईलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट लागूऔषध एभिल-१० एम्पुल, डाईजेल्याव-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल र नाईटोसन २७७ चक्कीबरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।
यस्तै झापको मेचीनगर नगरपालिका- ६ स्थित भन्सार गेट नजिकैबाट झापा विर्तामोड नगरपालिका- ६ बस्ने १९ बर्षिय कमल राईलाई लागूऔषध नाइट्रोजन २५ पिस सहित इलाका प्रहरी प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नियन्त्रणमा लिएको छ।