महोत्तरी/महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स) मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

[caption id="attachment_66300" align="aligncenter" width="1100"] फायलफाेटाे[/caption]

मंगलबार राति आगलागी हुँदा चारवटा सिलाइ मेसिन र एक थान ज ६ प ८३०२ नंको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पसलको बाहिरपट्टि घुर बालेको देखिएकाले घुरबाट नै आगो लागेको हुनसक्ने अनुमान रहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए ।

रासस