धुलिखेल/ काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ ।
[caption id="attachment_47524" align="aligncenter" width="1600"]
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताए। “घटनाका बारेमा अनुसन्धान भइरहेकाले शव उठाइएको छैन, हामी अनुसन्धान गरिरहेका छौँ”, थापाले भने ।