नवलपरासी/नवलपरासीको महेशपुर सीमानामा पर्ने भारत ठूठीबारी बजारका सात बर्षीय बालक अपहरणमा परेका छन् ।
नवलपरासी, पुस २९ । नवलपरासीको महेशपुर सीमानामा पर्ने भारत, ठूठीबारीबजारका सात वर्षीय बालक अपहरणमा परेका छन् । कक्षा दुईमा अध्ययनरत् बालक गत बिहीबार स्कुलबाट घर फर्कनेक्रममा अपहरणमा परेका हुन् । दुईजना साथीसँग रहेका बब्लु निगमका छोरा मगरु भन्ने आयुसलाई आफन्तले बोलाएर मोटरसाइकलमा लिएर गएको उनका साथीहरुले बताएका छन् ।
परिवाजनले छोरालाई आफन्तले नै अपहरण गरेको दाबी गरेपछि प्रहरीले एक आफन्तलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानकाक्रममा आफन्तसहित दुईजना भारतीय र एक महिलासहित तीनजना नेपाली मिलेर अपहरण गरेको खुलेको छ । प्रहरीले अपहरणकारीलाई छिट्टै पक्रने जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक मोहन खाँणले बताए ।