ताप्लेजुङमा सरकारी गाडिको दुरुपयोग रोक्दै ट्राफिक प्रहरी
ताप्लेजुङ/ ताप्लेजुङमा सरकारी र सार्वजनिक बिदामा समेत सरकारी गाडिको दुरुपयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ ।
सरकारी सवारी बिना पास बिदामा समेत आफ्नो प्रयोजनका लागि र अरुलाईनै कुदाउन दिन थालेपछि त्यस्ता सवारी नियन्त्रणमा लिन सुरु गरीएको जिल्ला ट्राफिक प्रहरी कार्र्यालय ताप्लेजुङका ईन्चार्ज टंक न्यौपानेले जानकारी दिए ।
शनिबार (आज) बिना पास फक्ताङ्लुङ गाउँपालीकाका वडा सचिव पवनकुमार देवले प्रयोग गर्ने मे १ ब ३१३ नंबरको सरकारी मोटरसाईकल अकै व्याक्तिले प्रयोग गरीरहेको अवस्थामा पक्राउ गरीएको ईन्चार्ज न्यौपानेले बताए । सो सरकारी मोटरसाईकल जिल्ला नापि कार्यालयको भवन निर्माण गरीरहेका ठेकेदार दिवस लाबुङले चलाईरहेको अवस्थामा पक्राउ गरीएको उनको भनाई छ ।
सो सरकारी मोटरसाईकलको दुरुपयोग भईरहेको सुचना यस अघि पनि बारम्बार ट्राफिक प्रहरीमा आएको र आज शनिबार पनि सोहि व्याक्तिले चलाएको अबस्थामा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । सो मोटरसाईकल जिल्ला प्रहरीमा बुझाएको ईन्चार्ज टंक न्यौपानेले जानकारी बताए ।
ताप्लेजुङमा सरकारी र सार्वजनिक बिदामा समेत सरकारी गाडिको दुरुपयोग बढेकाले अहिले आफुहरुको ध्यान सरकारी गाडिको दुरुपयोग रोक्नेमा रहेको र केहि सरकारी सवारी सिक्न, विवाह, बरखी, मलामि र पिकनिकमा समेत प्रयोग गर्ने गरेको सुचना आफुहरुकोमा आएकाले त्यस्तासवारीको निगरानिमा ट्राफिक प्रहरी रहेको उनको भनाई छ ।
सरकारी सवारी सरकारी काम काजको लागि सरकारी कार्यालय खुलेको सुमयमा मात्र प्रयोग गर्न पाईन्छ भने अन्य विदाको समयमा सरकारी कामकै लागि चलाउनुपरे जिल्ला प्रशासन कार्यालय बाट पास लिनुपर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले बताए ।