चर्चित निर्माता राम गोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका छन् ।

उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्।मियाले विहीबार ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्साहित भएको बताउँदै उनले भनेकी छिन्– ‘म सन्नी लियोनीपछि भारतीय फिल्म निर्देशकसँग काम गर्ने दोस्रो अडल्ट स्टार हुँ।’ ‘गड, सेक्स एण्ड ट्रुथ’को ट्रेलर १६ जनवरीमा रिलिज हुने बताइएको छ।