काठमाडौं/बलिउडकी शीर्ष अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीचको घनिष्ठ सम्बन्धका बारेमा धेरैलाई थाहा छ । उनीहरूबीच छिट्टै बिहे हुन लागेको हल्ला अलि पहिलेदेखि नै चल्दै आएको हो ।

हालै रणवीरका मातापिताले दीपिकालाई स्पेसल गिफ्ट दिए । यसबाट रणवीर र दीपिकाबीचको बिहे छिट्टै हुन लागेको अनुमान गरिएको छ । रणवीरका मातापिताले दीपिकालाई हीराको विशेष गहना र प्रसिद्ध डिजाइनर सव्यसाचीले बनाएको सारी गिफ्ट दिएका थिए ।

त्यसो त दीपिका र रणवीरले सार्वजनिक रूपमा आफ्नो सम्बन्धलाई खुलेर स्वीकार गरेका छैनन् अनि चलिरहेको हल्लालाई अस्वीकार पनि गरेका छैनन् ।

एजेन्सी