एजेन्सी/ चीनको विकासमात्रै होइन परम्परा र संस्कृति पनि आश्चर्यजक छन् । चीनमा प्रत्येक वर्ष मनाइने खुर्सानी महोत्सवमा ‘खुर्सानी राजा’ चयन गरिन्छ ।

निकै पिरो मानिने रातो खुर्सानी छोटो समयमा जसले धेरै खान्छ त्यसैलाई खुर्सानी राजा (चिल्लि किङ) घोषित गरिन्छ । हुनान प्रान्तस्थित निंगसियांग शहरमा यस वर्षको आयोजित सो महोत्सवबाट ‘सु’ नाम गरेका व्यक्ति खुर्सानी राजा बनेका छन् । उनले ६० सेकेण्डमा १५ ओटा खुर्सानी खाएका चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले जनाएको छ ।

खुर्सानी र पानी हालिएको ठूलो भाँडोभित्र बसेर सबैभन्दा धेरै खुर्सानी खाने युवकलाई खुर्सानी घोषित गरिने प्रचलन रहेको टाइम्सले उल्लेख गरेको छ ।

खुर्सानी र पानी मिसाइएको भाँडोमा प्रवेश गरि खुर्सानी खाँदा प्रतिस्पर्धी युवकको शरीरका बाहिरी संवेदनशील अंगहरु आँखा, कान, गुप्ताङ्गगहरुमा समेत खुर्सानीको पिरोले पोल्ने गर्दछ । तर, यसको प्रवाह नगरि युवकहरु खुर्सानी राजा बन्ने प्रतिस्पर्धामा उत्रने गर्छन । प्रतिस्पर्धा सकिएलगत्तै पिरो कम गर्न युवकलाई बरफभित्र राखिन्छ भने कतिपयलाई त अस्पतालनै लैजानु पर्ने अवस्था सृजना हुन्छ ।