धरान। सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका एक जना प्रतिवादीलाई आज कारागार चलान गरिएको छ।

जबरजस्ती करणी मुद्धामा २ बर्ष ९ महिना १८ दिन कैद सजाय भई फरार रहेका धरान उप-महानगरपालिका १६ बस्ने ३६ बर्षिय दिपक कुमार मगरलाई कारागार चलान गरेको हो।

उनीउपर सुनसरी जिल्ला अदालतको २०७१ साल चैत्र ३० गतेको फैसलाले उक्त कैद सजाय तोकिए संगै फरार रहेका थिए।

मगरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको क्षेत्रीय अनुसन्धान ब्यूरो (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले सोमबार धरानबाट लुकी-छिपी बसिरहेको अबस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानकालागी आजै क्षेत्रीय कारागार कार्यालय झुम्का चलान गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।