सुनको मूल्य आज फेरी तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी भने धेरै दिन सम्म एउटै मूल्यमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।