काठमाडौं/गत डिसेम्बरमा क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरुले दिल्ली र मुम्बईमा विवाहको ‘रिसेप्शन पार्टी’ पनि दिएका थिए । ‘रिसेप्शन पार्टी’ पछि अनुष्का शर्मा पति विराट कोहलीका साथ साउथ अफ्रिका गएकी थिइन् ।

यसैबीच अनुष्का शर्मा आइतबार मुम्बई फर्किएकी छिन् । शनिबार क्रिकेटर शिखर धवनकी पत्नी आयेशा धवनले सामाजिक सञ्जालमा अनुष्कासँगको तस्बिर शेयर गरेकी थिइन् । उनी भारत र साउथ अफ्रिकाबीचको टेस्ट क्रिकेट प्रतियोगिता हेर्न पति विराटका साथ त्यहाँ गएकी थिइन् ।

अनुष्का अव आनन्द एल रायको फिल्म ‘जीरो’ को शूटिङमा व्यस्त रहने भएकी छन् । यो फिल्ममा उनी शाहरुख खान र कटरीना कैफका साथ अभिनय गरिरहेको देखिने भएकी छन् । ‘जीरो’ पछि अनुष्काले आगामी फेब्रुअरी महिनामा वरुण धवनका साथ ‘सुई धागा’ नामक फिल्ममा खेल्ने तय भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।