काठमाडौं/ सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ प्रदशन मिति र र विवादका कारण चर्चामा छ । करनी सेनाको विरोध र विवादका बीच निर्माण पक्षले फिल्मको प्रदर्शन मिति सार्नु परेको थियो । तर अब फिल्म ‘पद्मावती’ को प्रदर्शन मिति तय भएको छ । बलिउड स्रोतका अनुसार बहुप्रतिक्षीत फिल्म ‘पद्मावती’ २६ जनवरीबाट हलहरुमा प्रदर्शन हुने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘पद्मावती’ प्रदर्शनमा आउने भएपछि अक्षय कुमारको फिल्म ‘प्याड म्यान’ अब २६ जनवरीमा नभएर २५ जनवरीमा रिलीज हुने भएको छ । अक्षय कुमारले ट्वीट गर्दै फिल्मको नयाँ ‘रिलीज डेट’ का बारेमा जानकारी दिएका छन् । यसका साथै सोही दिन सिद्धार्थ मलहोत्राको फिल्म ‘अय्यारी’ पनि प्रदर्शनमा आउने भएको छ ।

फिल्म ‘पद्मावती’ को ‘रिलीज डेट’ का बारेमा शनिबार फिल्मकी अभिनेत्री दीपिका पादुकोणको जन्मदिनको अवसर पारेर आधिकारिक घोषणा गर्ने भएका छन् ।