धरान/करिव ३६ प्रजातिको पानी हाँसको लागि प्रख्यात सुनसरीको बर्जु तालको गरिमा वनभोजका कारण संकटमा पर्दै गएको छ ।
[caption id="attachment_67875" align="alignnone" width="1800"]
Purple Swamphen Photo: Yatra Thulung[/caption]
स्थानीय वालिम चौधरी जो चिमडी बर्जुताल सीमसार विकास तथा संरक्षण समितिका अध्यक्षसमेत हुन्, उनी केटाकेटी हुँदा २५ हजार भन्दा बढी चराहरु बर्जु तालको वरीपरी देख्थे । मान्छेहरु तालको छेउछेउमा जाँदा पनि चराहरु भाग्दैनथे । तर, अहिले परिस्थिति फरक छ । वर्जु तालमा आउने पाहुँना तथा स्थानीय चराहरु निक्कै कम देखिन थालेका छन् । जहाँ ३६ प्रजातिका हाँस पाइने चराविद्हरुको भनाइ छ । पाहुँना चराहरु पनि प्रसस्तै भेटिन्छन् ।
एउटै थलोमा धेरै प्रजातिका चरा देखिने सुनसरीको बर्जु मात्रै एक हो । ‘एकै ठाउँमा धेरै नम्बरमा चरा देखिने ठाउँ बर्जु मात्रै हो ।’ चरा सम्बन्धी अध्ययन अनुसन्धान गरिरहेको कुलप्रसाद लिम्बू भन्छन्, ‘तर, प्रत्येक वर्ष चरा लोप हुँदै गएको छ ।’ त्यसको मूख्य कारण समितिले निर्माण गरेको ‘पिकनिक स्पोर्ट’ उनी मान्छन् । जहाँ होहल्ला हुने र ठूला ठूला ध्वनीमा साउन्डबक्स, माइकहरु बजाउने गरिन्छ ।
[caption id="attachment_67876" align="alignnone" width="1800"]

Duck - Tarahara l Krishi Fram l Sunsari l[/caption]
‘चराहरु शान्त ठाउँ खोज्छन् । मान्छेको एक्टिभिटिजबाट डिष्र्टव हुनु भएन् ।’ उनी भन्छन्, ‘डिस्र्टव भयो भने नआउने चान्स बढी हुन्छ ।’ चराको लागि कोशी टप्पू पनि प्रख्यात हो । तर, कोशी टप्पूमा चरा हेर्नको लागि फरक फरक स्थान रोज्नु पर्ने हुन्छ । ‘बर्जुमा एउटै स्थानबाट धेरै प्रजातिका चराहरु देख्न सकिन्छ ।’ चराप्रेमी तथा चरा सम्बन्धी फोटो खिच्दै आएका फोटो पत्रकार यात्रा थुलुङ भन्छन्, ‘कोशी टप्पूमा एकै ठाउँमा यति धेरै चरा देखिदैन ।’
वर्जुमा लोपोन्मुख चरादेखि आगन्तुक चराहरुको उपस्थिति पनि बाक्लो हुने गरेको छ । फाल्केट डग नामक चरा पछिल्लो समय वर्जुमा देखिएको लिम्बूको भनाइ छ । त्यस्तै ग्रे हेडेड नामक चराको संख्या झण्डै १५० को हाराहारीमा देखिएको उनी बताउँछन् । स्थानीय सत्यनारायण श्रेष्ठले पनि विगतको तुलनामा चराहरु निक्कै घटेको बताउँछन् । चराको लागि अध्ययन अनुसन्धानको केन्द्र बन्न सक्ने भए तापनि समितिको अज्ञानताका कारण वर्जु तालमा चराहरु दुलर्भ बन्न सक्ने खतरा चराविद् तथा चराप्रेमीहरुले देख्न थालेका छन् ।
चराप्रति चिन्ता
चरासम्बन्धी अध्ययन अनुसन्धान गर्ने चराप्रेमी लिम्बू, थुलुङ भन्छन्, ‘वनभोज सर्ट टर्मको लागि फाइदा होला तर, भविश्यमा अर्वौ डलर खर्च गरेर पनि त्यो फर्काउन सकिदैन, त्यो विषयमा समितिले सोच्नुपर्छ ।’ उनीहरु तत्कालको लागि फाइदा हेर्ने भन्दा पनि चराप्रेमी तथा त्यस्ता पर्यटकहरुलाई भित्र्याउनको लागि अहिलेदेखि नै समिति लाग्नु पर्ने सुझाव दिन्छन् ।

पन्छीविद् संघका पूर्वाञ्चल संयोजक एवम् चरासम्बन्धी अध्ययन गर्ने बद्री चौधरीले पनि बर्जुमा चराको संख्या घट्दै गएको दाबी गरेका छन् । उनको विचारमा पनि वनभोज स्थल हुन सक्ने बताउँछन् । ‘पहिला जति चरा देखिन्थे अहिले ५० प्रतिशत नै घटेको छ ।’ चिन्ता व्यक्त गर्दै उनी भन्छन् । उनका अनुसार हाँसको कतिपय प्रजातिहरुले बर्जु मै नस्ल (ब्रिड) उत्पादन गर्थे । अहिले त्यो दर लगभग सून्य रहेको उनी बताउँछन् ।
चाइना, तिव्वत, साइबेरियाबाट आगन्तुक चराहरु वर्षौभरी वर्जुमा बस्ने गरेको उनको अनुभव छ । उनी हरेक वर्ष जनवरी ६ तारिखका दिन त्यस क्षेत्रमा चराको गणना गर्न पुग्छन् । यो वर्ष पनि चरा गणना गर्ने तयारी गरेका छन् । भन्छन्, ‘पोर कम थियो । यो वर्ष कस्तो हुन्छ ।’ गतवर्ष ४५ प्रजातिका चराहरु आएका थिए । र, गागन जस्ता प्रजातिका चराहरु आउन छाडेका छन् ।
संरक्षणमा समितिको चासो
चरा आउने मात्रा घट्न थालेको अनुभव गरेको समितिले पनि संरक्षणमा चासो देखाउन थालेको छ । तर, प्रभावकारी हुन भने सकेको छैन् । वर्जु ताल संरक्षण समितिका अध्यक्ष वालिम चौधरीको विगत जस्तो चरा आउन छाडेकाले पनि अहिले वनभोजमा ‘माइक तथा साउण्ड बक्स’ हरु बन्द गर्ने निर्णय गरेको बताउँछन् । ‘चरा आउन छाडेको र पिकनिकले चरा भाग्ने गरेको हामीले पनि महसुस ग¥यौं । यसलाई निषेध गरिसक्यौं ।’
[caption id="attachment_67872" align="alignnone" width="1800"]
Birds[/caption]