काठमाडौं/ रसुवागढी हाइड्रोपावर कम्पनीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
[caption id="attachment_66835" align="aligncenter" width="865"]
नेपाल धितोपत्र बोर्डले जारी पुँजीको २४५ आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । यो हाइड्रोपावरले पहिलो चरणमा संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीलाई आइपीओ बिक्री गर्न लागेको हो । रसुवागढीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्नेछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल, एनआइबीएल क्यापिटल मार्केट, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछन् । रसुवागढी चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो । रसुवागढीले रसुवा जिल्लामा १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना बनाउन लागेको छ ।