तमिल सुपरस्टार रजनीकान्तले वर्ष २०१७ को अन्तिम दिन एक ठूलो निर्णय लिएका छन् । उनले अब राजनीतिमा इन्ट्री गर्ने घोषणा गरेका छन् । यस्तै, उनले आफ्नो नयाँ पार्टी बनाउने र चुनाव पनि लड्ने उद्घोष गरेका छन् । उनले एक कार्यक्रममा बोल्दै भने- 'अब म राजनीतिमा आउँदैछु । यो आजको सबैभन्दा ठूलो आवश्यकता हो ।'

रजनीकान्तले आसन्न विधानसभा चुनावमा सबै राज्यको विधानसभा सिटमा आफ्नो उम्मेदवार उठाउनेछन् । रजनीकान्तले अगाडि भने, 'मेरो पार्टीको तीन मन्त्र हुनेछ, 'सत्यता, मिहिनेत र विकास ।'

'राजनीतिको दशा निकै खराब भएको छ । विश्व नै हाम्रो मजाक उडाइरहेको छ । यदी म राजनीतिमा आइनँ भने जनतालाई यो सबैभन्दा ठूलो धोका हुनेछ । जहाँ पनि सत्ताको दरुपयोग भएको छ, म यसको विपक्षमा उभिनेछु ।', उनले भने ।

६७ वर्षका सुपरस्टार रजनीकान्तलाई दक्षिण भारतमा भगवानको रुपमा पुजा गरिन्छ । उनी अभिनीत नयाँ फिल्म '२.०' चाँडै प्रदर्शनमा आउने तयारीमा छ ।