धादिङ/ पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगिमारास्थित तिक्रङ खानी नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा सिराहाको मिर्चैयाका ५३ वर्षीय रामबावु शाह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा घाइते शोभादेवी शाह र राजकिशोर शाहको अवस्था गम्भीर छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख ००९४ नम्वरको ट्यांकर र विपरित दिशाबाट आउँदै गरेको बा १४ च ६६६८ नम्वरको जिप आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगिमारास्थित तिक्रङ खानी नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा सिराहाको मिर्चैयाका ५३ वर्षीय रामबावु शाह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा घाइते शोभादेवी शाह र राजकिशोर शाहको अवस्था गम्भीर छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख ००९४ नम्वरको ट्यांकर र विपरित दिशाबाट आउँदै गरेको बा १४ च ६६६८ नम्वरको जिप आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इमेजखबर