काठमाडौं/ वर्षदिन नपुग्दै क्यास रोलीले आफ्नो आमाबुबाको प्रोत्साहनबाट साहसिक खेल ‘स्नोबोर्ड’ खेलेकी छन् ।

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]
आफ्नो पहिलो जन्मदिन मनाउनु दुई दिनअघि गत शनिबार रोलीले बाइसस्थित बोगस बसिनको हिउँमाथि स्नोबोर्ड खेल खेलेकी हुन् ।
रोलीको आमाबाबु नीक र व्हेटनी रालीले उनलाई स्नोबोर्डमाथि चढाएर स्की खेलाउनका लागि आफ्नै घर वरीपरी स्नोबोर्डमाथि चढ्न सिकाएका थिए ।
एक वर्ष नपुग्दै स्नोबोर्डमा विलक्षण क्षमता देखाएकी रोलीले अर्कोपटक कस्तो खेल खेल्नेछिन् भन्ने बीबीसीको प्रश्नमा उनका आमाबाबुले भनेका छन्, ‘अब रोलीले पानीमा खेलिने एकप्रकारको साहसिक खेल ‘सर्फिङ’ खेल्नेछिन् ।’
आगामी फेब्रुअरीमा कोस्टारिको भ्रमणमा जाने योजनामा रहेका रोली परिवारले उनीहरुको छोरी क्यासलाई पहिलोपटक ‘सर्फिङ’ खेल खेलाइने एबीसी न्यूजलाई बताएका छन् । एजेन्सी
https://youtu.be/uH4maaItQYQ