रौतहट/धुर्मुस सुन्तली फाउण्डेसले निर्माण थालेको रौतहटको चन्द्रपुर–८ सन्तपुरको एकीकृत नमुना बस्तीको कार्य अन्तिम चरणमा पुगेको छ ।

माघ २४ गते उद्घाटन गर्ने लक्ष्यका साथ थालिएको उक्त बस्तीको निर्माण कार्य ७६ दिनमा नै अन्तिम चरणमा पुगेको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुरमा धुर्मुस सुन्तली फाउण्डेसले एकीकृत नमुना बस्ती निर्माण गरिरहेको हो ।

माघ २४ गते उद्घाटन गर्ने लक्ष्यका साथ थालिएको बस्ती निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस‘ र कुञ्जना घिमिरे ‘सुन्तली’ले बस्ती निर्माण गर्नेक्रममा ४७ घरधुरीका परिबारलाई राहत दिलाउन सफल भएपनि यो बस्तीसंगै उनीहरुको भने उठिबास लाग्ने स्थिती रहेको छ ।

५ करोड ९५ लाखको लागतको परियोजना सहित गएको असोज २८ गते बाट आर्थिक सहयोग जु्टाएरनै बस्ती निर्माण थालेका धुर्मुस सुन्तलीले सोचे जस्तो रकम संकलन नभएपछि उनीहरुलाई यो बस्ति निर्माण संगै दुई करोड क्षति पुग्ने देखिएको छ ।

रकम अभाब भएपनि बस्ति निर्माण कार्य नरोकिने धुर्मुस सुन्तली फाउण्डेसका अध्यक्ष सिताराम कट्टेल बताउँछन् । यहाँ रहेका ४७ घरधुरी सबै दलित समुदायका हुन् ।

पक्की घरमा बसिन्छ भनेर कल्पना समेत नगरेका यस बस्तीका बासिन्दाहरु यतिखेर बस्ती निर्माणसँगै यहाँका स्थानीय निकै उत्साहित बनेका छन् । बस्ति निर्माणका लागि ती दुबै हास्यकलाकारले साउदी अरब र अष्ट्रेलियामा कार्यक्रम गरेर रकम संकलन गरेपनि त्यसबाट समेत अपुग हुने भएको छ ।

रौतहटमा निर्माण थालिएको बस्तीमा रौतहट बाटनै सहयोग रकम कम जुटेको छ । बस्ती निर्माणको लागि फाउण्डेसनको तर्फ बाट २ सय ६१ कामदार अहोरात्र खटिएका छन् । कम्पाउण्डवाल सहितको ४७ वटै घर निर्माणको छत हाल्ने काम भैरहेको छ ।

सो बस्ती भित्र मन्दिर र भित्रि बाटो निर्माणको काम भैरहेको छ भने बस्तीमा एउटा बालउद्यान, एउटा भ्यू टावर, मन्दिर, सामुदायिक भवन, अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचना रहने जनाइएको छ ।

धुर्मुस सुन्तली फाउन्डेशनको यो चौथो परियोजना हो ।