उदयपुर/ प्रेमिकालाई जबर्जस्ती बन्धक बनाएको आरोपमा उदयपुरमा एक किशोर पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ११ बाट १७ वर्षका सरोज चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

[caption id="attachment_67076" align="alignleft" width="266"] फायलफाेटाे[/caption]

प्रहरीका अनुसार दुई वर्षदेखि प्रेम गर्दै आएका उनीहरूबीच विवाह गर्ने कुरा प्रेमिकाले अस्वीकार गरेपछि प्रेमीले बन्धक बनाएको उदयपुर प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए । ‘कोठामा बन्धक बनाएको भन्दै जानकारी आयो,’ उनले भने, ‘प्रहरी निरीक्षक देवीप्रसाद फागुको नेतृत्वमा प्रहरी पठाएर पक्राउ गरेका हौं । चौधरीले आफूसँग विवाह नगरे मरिदिन्छु भन्दै प्रेमीले हात रेटिरहेको अवस्थामा कोठाबाटै पक्राउ परेको प्रहरी निरीक्षक फागोले जानकारी दिए । ‘बन्धक बनाइएकी किशोरी विद्यालय पोसाकमा नै थिइन्,’ फागोले भने, किशोरीलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गरिरहेका छौं,’ प्रहरीले भने ।