धरान/नेपाल टेलिभिजनबाट प्रत्येक वुधबार प्रसारण हुदै आएको राष्ट्र व्यापी “रिओ छमछमी ”३ मा धरानकी केविका खत्री टप १० मा पर्न सफल भएकी छन् । उनी वुधबार भएको छनौट कार्यक्रममा टप ३ मा पर्न सफल भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरका अध्यक्ष कमल भटट्राईले बताए । खत्रीलाई अव रिओ छम्छमीमा विजय गराउन धरानका यातायात मजदुरहरु लागि परेका छन् । वसका चालक काजी खत्रीको छोरी केविका जिताउन अभियान थालनी गरिने भट्टराईले बताए । “हाम्रो सुन्दर धरानको शान पुर्वेली चेली ”जिताऊ अभियान अन्तर्गत भोटिङ प्रणाली हुरु गरिएको छ । भोटिङका लागि मोवाइल म्यासेजमा गएर cc<space> 03 टाइप गरि 34343 मा पठाउन सकिन्छ । त्यसका लागि प्रत्येक वुधबार राती १० वजे देखि विहान १० वजे सम्म भोट गर्न सकिनेछ । छमछमी ३ को टप टेनमा पर्न सफल केविका युएन कलेज धरान १० को विविएसमा अध्ययन रत रहेकी छन् । उनले आफुलाई प्रतियोगितामा वियज गराउन अपील समेत गरेकी छन् ।