पानवारी । श्री हरेराम किर्तन कुन्जले नवनिर्वाचित सांसदहरुलाई स्वागत सम्मान गरेको छ । हरेराम किर्तन कुञ्जको धरान–१५ स्थित मन्दिर परिसरमा कार्यक्रमको आयोजना गरी सुनसरी क्षेत्र नं. १ बाट विजयी प्रतनिधि सभा सदस्य जयकुमार राई र १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य प्रदीप भण्डारीलाई सम्मान गरिएको कुञ्जका सचिव बासुदेव गौतमले बताए । कार्यक्रममा कुञ्ज परिवारका सदस्यहरुले फुलमालाले स्वागत अभिनन्दन गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका कुञ्जका अध्यक्ष लोकनाथ सुवेदीले निर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै जनताको सेवा गर्न प्रेरणा दिएका थिए । कार्यक्रममा सांसद प्रदीप भण्डारीले आफुले सकेको सहयोग कुञ्ज परिवारलाई हर हमेसा गर्ने बताए । उनले भने म आफु जनताकै काम गर्नकालागि राजनीतिमा होमिएकोले सधै जनताकै काम गर्ने बताए ।