[caption id="attachment_66220" align="aligncenter" width="750"] फायलफाेटाे[/caption]

काठमाडौं/ चीनको लिन्यी क्षेत्रका तीन वर्षीय बालक यान सुवासिनलाई त्यहाँका मानिसले ‘फायर बेबी’ भन्छन्। किनकि, उनको शरीर जतिबेला पनि तातो हुन्छ। उनी सदैव आफूलाई गर्मी भएको बताउँछन्। र, गर्मीबाट जोगिन कठ्याङ्ग्रिने जाडोमा पनि कपडा लगाउन मान्दैनन्।

घरमा उनी सधैँ नांगै खेलिरहेका हुन्छन्। जतिबेला पनि नांगै हुन्छन्। ‘जाडोमा चिसो लाग्ला भनेर लुगा लगाइदिन खोज्यो भने मान्दै मान्दैन, फुकालिहाल्छ,’ उनका आमाले भनिन्, ‘सुत्दा सिरक ओड्न पनि मान्दैन।’ डाक्टरले समेत उनको शरीरको तापक्रम औसत रहेको र उनको शरीरमा असाधारण कुरा केही नरहेको जनाएका छन्।

अस्पतालमा जँचाउन जाँदा पनि उनी नांगै हुने गर्छन्। ती बालकको अवस्थाप्रति चीनका ठूला अस्पताल र चिकित्सा क्षेत्रका वैज्ञानिकहरूले रुचि राखेका छन्। उनको शरीरको विषद् अध्ययन गर्ने तयारी चीनमा भइरहेको छ।

एजेन्सी