काठमाडौं । नायिका सारिका घिमिरे केही समय अघि ‘मोहनी’ एल्वम लिएर स्रोता÷दर्शकमाझ आएकी थिइन । नायिकाबाट गायिकाको परिचय बनाउँदै गरेकी उनका एल्वममा भएका गीतलाई स्रोताले औधि मनपराए पछि उनी अहिले एल्वममा भएका गीतको भिडियो बनाउँन लागेकी छन् । सुरुमा एल्वममा भएका गीत मध्ये ‘काले दाईको...’को भिडियो लिएर आएकी उनले अहिले ‘मुखै चिसो बनायो मुलको पानीले...’ ल्याउँदै छिन् । यसको राजधानी स्थित वल्र्ड ट्र्ड सेन्टरमा छायाँकन गरिएको छ । ‘गीतको भिडियो निक्कै राम्रो बनेको छ, बी गोर्खाली ब्योजसँग पहिलो पटक काम गरे सबैले उत्तिकै मिहिनेत गरेका छौ पक्कै पनि राम्रो भिडियो छिट्टै लिएर आउँदै छु दर्शक÷स्रोतामाझ’, सारिकाले भनिन् । मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘मुखै चिसो बनायो मुलको पानीले...’लेमा राजन लामाको छायाँकन र रुद्र बोहराको निर्देशन छ । गीतको भिडियोमा बी गोर्खाली ब्योजसँग दिक्पाल कार्की र सारीकाले रोमान्स गरेका छन् । सञ्चारकर्मी तथा लेखक शान्तिप्रियले लेखेको गीतमा सारिकाको स्वर रहेको छ भने यसलाई दीपक शर्माले कम्पोज गरेका हुन् । दर्जन भन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी नायिका सारिका घिमिरेले गायन क्षेत्रमा पनि आफूलाई राम्रै गायिकाका रुपमा प्रस्तुत गरिरहेकी छन् ।