डोटी : डोटीमा भालुको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरी निवासी ६४ वषीय इसरादेवी भुलको मृत्यु भएको हो।
नजिकैको जंगलमा घाँस काट्न गएको बेला बुधबार दिउँसो भालुले आक्रमण गरेको आफन्तले जनाएका छन्। उनीसँगै घाँस काट्न गएकी इसरादेवी साँझसम्म घर नफर्कदा आफन्तले खोजी गर्दा राति जंगलमा मृत फेरा परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहीबार मात्रै उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। सो क्षेत्रमा भालुको आक्रमणबाट वर्षेनी दुई/तीन जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ।