लागु अाैषध सहित एक युवती र एक युवा पक्राउ परेका छन् ।  मिति २०७४/०९/०४ गते महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटेको टोलिले छुट्टाछुट्टै चेकजाँचको क्रममा अं.१२:३० बजे मातातिर्थबाट ३ के.जि.५०० ग्राम गाँजाको धुलो सहित सुर्य ब.थिङ पक्राउ गर्नुको साथै ऐ.ऐ. १७:३० बजे बालकुमारी सडक खण्डबाट २ के.जि.६७० ग्रामको १६ प्याकेट चरेश सहित सुशिला तामाङ नाम गरेकी महिला पक्राउ गरेकोमा आवश्यक अनुसन्धानको लागि म.न.प्र. वृत्त थानकोट पठाइएको छ ।