धरान/इकू चरित्रबाट नाम कमाएका कलाकार सुलेमान संकर पौष २१ गतेबाट दर्शकमाझ अर्काे चलचित्र ‘फिर्के’ लिएर आउँदै छन् । [caption id="attachment_65333" align="alignnone" width="796"]Firke-film-dharan-press-meet तस्बिरः भोजराज श्रेष्ठ[/caption] हास्य प्रधान चलचित्र ‘फिर्के’ मा उनी जंगली चरित्र इकूको रुपमा दर्शकहरुले पाउने छैनन् । ‘यो फरक खाल्को मूभी हो ।’ मंगलबार धरानको पत्रकार सम्मेलनमा भने । सुलेमानले यस अघि इकू– १ र २ लिएर दर्शकमाझ आएका थिए । त्यसको सफलता पछि उनी ‘फिर्के’ लिएर दर्शकमाझ आएका हुन् । इकू फिल्म भन्दा फरक कथाबस्तु रहेको र आफ्नो चरित्रसमेत फरक रहेको उनले खुलाए । यो फिल्ममा गाउँदेखि शहर प्रवेश गरेको युवाले विभिन्न हण्डर ठक्कर खाँदै नयाँ परिवेशमा आउँदा आफू फिर्के जस्तो भूमिकामा आइपुगेको देख्न सकिने उनले बताए । फिल्म भित्र सन्देशसमेत रहेको तर, दर्शकहरुले त्यो सन्देशलाई कसरी लिने भन्नेमा भर पर्ने भएकाले यही सन्देश भन्ने नभए पनि सन्देशविहीन नभएको उनले बताए । ‘फिल्म भित्र म्यासेज चाही छ । तर, यही छ भन्ने भन्दा पनि दर्शकहरुले त्यसलार्इ कसरी लिनुहुन्छ ।’ उनले भने । फिल्ममा उनका अलवा अर्पण थापा, रिचा शर्मा, कृष्टिका पौडे, ए गुरुङ, विष्णु सापकोटा, उज्वल भण्डारीलगायत कलाकार छन् । रवि डंगोल ‘बेइमान’ को निर्देशनमा फिल्म बनेको छ ।