धरान/मिस नेपाल मोडल माल्भिका सुब्बा एसडब्लु फेसन परेडको तेस्रो संस्करणको ‘शोज टपर’ बन्ने भएकी छन् । [caption id="attachment_65327" align="alignnone" width="857"] तस्बिरः भोजराज श्रेष्ठ[/caption] धरानको इजी राइडर्स होटलमा पौष ९ गते हुने फेसन परेडमा काठमाडौंका ७ जना व्यवसायिक मोडलहरु र्याम्पमा उत्रिदै छन् । स्थानीय चार मोडलसहित १२ जना व्यवसायिक माेडलहरू परेडमा चारवटा सिक्वेन्समा उत्रिदै छन् । धरानका विपना श्रेष्ठ, अदिती लामा, प्रिन्जा लिम्बू र अनिशा राई छन् । जसलाई अडिसनबाटै आयोजक भिन्टेज लाउन्ज एण्ड बारले छनौट गरेको हो । उनीहरुसहित आयुस्मा रानी सिंह, रोनाली अमात्य, शिक्षा संग्रौला, अरुणी वाइवा, शिक्षा शाक्य, मञ्जरी सिंह, वर्षा थकाली जस्ता व्यवसायिक मोडलहरु र्याम्पमा उत्रिदै छन् । स्थानीय मोडलहरुलाई ‘प्लेटफर्म’ दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक तर्फका एसडब्लू लामिछानेले मंगलबारको पत्रकार सम्मेलनमा बताए । साडी, लेहेङ्गा, वेष्र्टन र ब्राइडल सेटमा मोडलहरु उत्रिदै छन् । जिता गुरुङको डिजाइनमा सागर गुरुङको कोरियोग्राफ रहने छ । उनीहरुको पहिलो पल्ट धरानमा डिजाइन तथा कोरियोग्राफ हुने रवि राईले बताए । कार्यक्रमको समापनसँगै म्युजिकल नाइटसमेत हुने आयोजकले बताएको छ ।