अरुणाचलम मुरुगनाथमको जिन्दगीमाथी आधारित भएर निर्माण भएको फिल्म ‘प्याडम्यान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरको सुरुवातमा अमिताभ बच्चनले आवाज दिएका छन्, जसमा उनले अमेरिकासँग 'सुपरम्यान', 'ब्याटम्यान' र 'स्पाइडरम्यान' भएको र भारतसँग ‘प्याडम्यान’ रहेको बताएका छन् ।

फिल्ममा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका, अक्षयकी श्रीमती बनेकी छिन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् ।

[embed]https://youtu.be/-K9ujx8vO_A[/embed]