वालिङ/स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् । नेकपा(एमाले) जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएकाे हाे। गुरुङले २० हजार २४८ र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गिरीले १४ हजार ५१० मत प्राप्त गरेका हुन् । यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो ।
यसअघि स्याङ्जा १ प्रदेशसभा(क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइसकेकाे छ। स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।