सप्तरी । सप्तरीमा खुला ठाउँमा दिसा गर्ने १२ जना पक्राउ परेका छन् । चर्पी बनाउन अटेर गर्ने र खुल्ला शौच गर्ने व्यक्तिहरुलाई घेरा हालेर पक्राउ गर्न थालिएको बताइएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालीका कोचावखारीका १२ जनालाई गाउँलेले पक्राउ गरेका छन् । केहि घरहरुमा मात्रै चर्पी नहुँदा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले बताए । पटक–पटक सम्झाउँदासमेत अटेर गरेपछि उनीहरुलाई पक्राउ झाको भनाई छ ।

सन् २०१७ सम्म सप्तरी जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियान चलिरहेको छ । यो अभियानलाई चुनौती दिई खुल्ला शौच गर्नेलाई पक्राउ गरी सामाजिक सजाय दिन थालिएको स्थानीवासीले बताए ।