सुनको भाउ ५०० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ५५ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुन शुक्रबार ५४ हजार पाँच सय रुपैयाँमा झरेको हो। सुनचाँदी व्यवसायी माहासंघका अनुसार, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबारको तुलनामा प्रति तोला २० रुपैयाँले चाँदीको भाउ घटेर ७१० रुपैयाँमा कारोबार भएकव छ।