यता, राज संस्था रहँदा लामो समय राजाको पक्षमा राजनीति गर्दै आएका रमेश श्रेष्ठ बाम गठबन्धनको तर्फबाट सुनसरी ४ कार्कीको मुख्य प्रतिष्पर्धी देखिएका छन् । बाम गठबन्धनको दाउ राप्रपाका केही र वाम गठबन्धनको मत तानेर विजय हासिल गर्ने देखिन्छ । जिल्ला विकास समिति सुनसरीको सभापती, पञ्चायतकालमा सहयक मन्त्री भइसकेका श्रेष्ठको पारिवारिक पृष्ठभूमि पनि राजनीतिमा बलियो मानिन्छ । रमेशका बुबा होमबहादुर गृहमन्त्री र काका दिलबहादुर पटक पटक मन्त्री भए । उनको मुसलमान समुदायमा पनि राम्रो सम्वन्ध रहेको छ । मुस्लिम समुदायको राम्रो मत रहेको यस क्षेत्रमा श्रेष्ठको पारिवारिक पृष्ठभूमिले पनि काँग्रेसका कार्कीलाई घात हुन सक्ने अनुमान गरिएको छ । तर उत्तरी क्षेत्रमा भने कार्कीको पक्षमा देखिएको उपस्थितीले पनि कार्की कमजोर उमेद्वार मानिदैनन् । मुस्लिम समुदायमा पनि काँग्रेसको उपस्थिती कम देखिन्न ।
भोजपुरबाट राजनीति शूरु गरेका कार्की सुनसरी सर्नु र कोइराला परिवारसँग जोडिएको यो क्षेत्रमा चुनावी ध्यान केन्द्रीत छ । अर्थ मन्त्री कार्कीलाई सो क्षेत्रमा नयाँ अनुहार भन्दै प्रतिद्वन्द्वीले चुनाव जित्ने भन्दै प्रचार पनि बढाएको छ । यता, कार्कीले उमेद्वारी दिदै गर्दा काँग्रेस पङ्क्तीबाटै पनि विरोधका स्वरहरु सुनिएका थिए । चुनावको माहोल बढ्दै जाँदा काँग्रेस कार्यकर्ताको असन्तुष्टी घट्दै जानु पकड क्षेत्रबाट उपेन्द्र यादव सप्तरी तिर लाग्नुले पनि कार्कीलाई चुनाव जित्न असहज भने नभएको राजनीतिक विश्लेशक बताउँछन् । त्यसो त कार्कीलाई फोरम लोकतान्त्रिकको मत पनि आड भएको छ ।
सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेको तर्फबाट रमेश श्रेष्ठ सहित नेपाल संघीय समाजवादी पार्टीबाट जफर अहमद जमाली लगायतका नेपाली कांग्रेस बीपीबाट नसिम अन्सारी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीबाट र नेपाली जनता दलबाट सीताराम पोद्दार र हसबुल मन्सुरीलगायतले सो क्षेत्रबाट उमेद्वारी दिएका छन् । सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बाम गठबन्धनका रमेश श्रेष्ठनै मुख्य प्रतिष्पर्धी देखिएका छन् ।
एक लाख लाख ११ हजार ४ सय ८१ मतदाता रहेको यस क्षेत्रमा बराह, इनरुवा र रामधूनी नगरपालिका तथा कोशी, भोक्राहा र हरिनगरा गाऊँपालिकाका वडाहरु समावेश छन् । स्थानीय तहको निर्वाचनको मत परिणाम लाई हुर्ने हो भने लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ । गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले २१ हजार २ सय ३३ पाउँदा एमालेले १८ हजार ३ सय २२ ल्याएको थियो । बाम गठबन्धनमा मिसिएको माओवादीले ४ हजार २ सय ६, मत प्राप्त गरेको थियो भने काँग्रेसका लागि फोरम लोकतान्त्रिकको ३ हजार ६ सय ६७ थपिएको छ । संघीय समाजबादी फोरमको ८ हजार ९ सय १७ मतको निर्णायक मत हुने देखिन्छ । फोरमका उपेन्द्र यादवले काँग्रेसलाई सघाउने बताइएको छ । स्थानीय निकायको निर्वाचनमो राप्रपाले १ हजार १ सय ७० मत थियो । तर प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा स्थानीय तहको मत परिणामलाई पूर्ण आधार मान्ने स्थिती छैन । यता वर्तमान अर्थमन्त्री तथा कांग्रेसको केन्द्रीय स्तर नेता भएकै कारण पनि स्वतन्त्र मतदातामा विकासको आशमा कार्की तर्फ मत हाल्ने अनुमान गरिएको छ ।
प्रदेश सभामा ‘क’ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका रेवतीरवण दुलाल र एमालेका एमालेका जगदिश कुशियत बीच प्रतिष्पर्धा हुने देखिएको छ । उपेन्द्र यादवबाट पराजित एमाले नेता कुशियत त्यस क्षेत्रका मतदातालाई प्रभाव पार्न सक्ने व्यक्तीका रुपमा हेरिन्छन् । क्षेत्र नम्वर ४ को प्रदेश ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट काङग्रेसका ताहिर अन्सारी र बामबाट माओवादी केन्द्रका जाकिर हुसेन बीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
यो क्षेत्रमा कोसी, र भोक्राहा गाँउपालिका सहित रामधुनी नगरपालिका ४, इनरुवा नगरपालिकको ३,४र ८ नम्बर वडा बराह नगरपालिकका ६,७,८,९,१०,११ सहित हरिनगरा गाँउपालिकाको १,२,४,५,६,७ नम्बर वडा पर्दछन् । यहाँ ५२ हजार २ सय ४५ जना महिला तथा ५९ हजार २ सय ४५ जना पुरुषले मंसिर २१ गते प्रदेश तथा प्रतिनिधी सभाका प्रतिनिधि चयन गर्नेछन् ।