काठमाडौं/ प्रविधिको विकास भएसँगै साइबर क्षेत्रमा पनि विभिन्न समस्याहरु आइरहेका छन् । अहिले विभिन्न व्यक्तिलाई भाइबर, आइएमओको सहयोगमा लाखौं रुपैयाँ जितेको भन्दै पैसा माग्ने गर्न थालेपछि जनता अन्योलमा परेका छन् । यस्ता कारणले गर्दा उपभोक्ता ठगिन थालेका छन् ।
भाइबरमा नेपाल टेलिकमको नाममा २५ लाख चिट्ठा परेको सन्देश (म्यासेज) आउन थालेपछि नेपाल टेलिकमले सचेतताका लागि सचेत म्यासेज पठाएको छ । टेलिकमले अहिले आफ्ना ग्राहकलाई म्यासेज गरेर अपरिचित, कलर आइडी नभएका नम्बर र ०१२३४५६, १२३४५६ जस्ता नम्बरबाट आएका फोनलाई नउठाउन आग्रह गरेको छ ।
यस्ता फोन उठाउँदा खातामा भएको पैसा काटिन सक्ने र कसैले ठगी गर्न खोजेको हुनसक्ने भएकाले फोन आएमा नउठाउन आग्रह गरेको हो ।
अहिले चिट्ठा परेको भन्दै व्यापक रुपमा यस्ता फोन तथा म्यासेज आउन थालेपछि उपभोक्ता दिक्क भएका छन् ।