पथरी/ मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर –४ स्थीत नारायण चौकको ३२ बर्षिय दिलुमाया गुरुङको दुवै मृगौला फेल भएको छ । मृगौला फेल भएपछि गुरुङ परिवारले सहयोग गर्न आग्रह गरेका छन् । गुरुङ परिवारले दिलुमायालाई गत साउन देखि काठ्माडौँको राष्ट्रिय किट्नी केन्द्रमा उपचार गराइ रहेका छन् । हप्ताको तिन पटक मृगौला डायलाइसिस गरानु पर्छ गारो भैरहेको छ दिलुको श्रीमान सुरेश गुरुङ बताउँछन् । उनले भने–‘सासु बिष्णुमाया गुरुङले एउटा मृगौला दिने हुनु भएको छ, मृगौला प्रत्यारोपण तयारीमा छौँ त्यसैले आर्थिकको ठुलो अभाव भएको छ । हामी पौष महिनामा प्रत्यारोपण गर्न तयारीमा छौँ ।’

अहिले दिलुमाया र श्रीमान सुरेश उपचारको लागी काठमाडौँमा नै बस्दै आएको छन् । हप्ताको ३० हजार खर्च हुने गरेकोले अहिले आर्थिक समस्या भएको उनिहरु बताउँछन् । सुरुमा उच्च रक्तचापको समस्याले भएको थियो । उच्च रक्तचाप भएको ८ बर्ष भयो । २०७३ को साउन महिनामा बिराटनगरको गोल्डेन हस्पिटलले दुवै मृगौला सुकेको बताए पछि गोल्डेन हस्पिटलले काठ्माडौँ जान आग्रह गरेका थिए । त्यसको लगतै काठ्माठौको धापा खेलमा रहेको काठ्माडो ग्रान्डि हस्पिटलमा चेक गराएर १ बर्ष दवाई खाएको सुरेशले बताए । डाक्टरले दुवै मृगौला काम नलाग्ने गरी खराब भएको डाक्टरले रिपोट दिएपछि आफ्नो सर्वनास भएको सुरेश बताउँछन् । सुरेशका बुबा डिल्ली गुरुङ स्थानीय समाजका अगुवा व्यक्तित्व हुन । गुरुङ परिवारले आर्थिक सहयोगको अपिल गरे पछि दिलुमायाको थप उपचारको लागी छिमेकीहरुले दिलुमाया बचौँ अभियान अन्तरगत ‘मृगौला उपचारर्थ आर्थिक संकलन समिति’ गठन गरेर रकम संकलनको अभियान सुरु गरेको छ । समितिमा जनप्रतिनिधि तथा वडा नम्बर ४ का वडा सदस्य महेन्द्र गुरुङको अध्यक्षतामा २२ सदस्य समिति गठन भएको हो । सचिवमा उदिप लिम्बू र कोषाअध्यक्षमा बुद्ध शाक्य रहेका छन् । एकै दिन ५५ हजार संकलन समिति गठन भएकै दिन समितिले ५५ हजार रकम संकलन गरेको थियो । जस्मा दिनेश सुब्बा ५हजार ५ रुपैया, विष्णु सुब्बा ५हजार ५ सय ५ रुपैया,............... समितिले श्रीमातृभूमि समाज सेवा क्लबको सामाजिक सञ्जाल फेसबुक र पेज मार्फत प्रचारप्रसार गर्दै आएका छन् । खोरिया र नारायण चौकका छिमेकीहरु बैदेशीक रोजगारीमा विदेश गएकाहरु धेरै साथी लिष्ट भएको क्लबको फेसबुक र पेज मार्फत देखे पछि विदेशबाट पनि सहयोग आउनु थालेको सचिव उदिप लिम्बूले बताए । समितिले विदेश तथा सोदेशबाट सहयोग गर्न इच्छुकलाई एनआईसि एशिया बैंकमा खाता खोलेको छ । एनआईसि एशिया, कानेपोखरी गाउँपालिका वडा नं. ६, रमाइलो शाखा, खाता नं. D387768027524001 रहेको छ ।