धरान । लोकतान्त्रिक गठवन्धनमा आवद्ध संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले निर्वाचन आचारसंहिताको उलंग्घन गरेको पाइएको छ । आचारसंहिता उलग्घन गर्ने फोरम नेपाल र नयाँ शतिmको चुनाबी प्रचार–प्रसार सवारी साधनलाई प्रहरी शनिबार धरानमा पक्राउ गरेको थियो । सार्वजनिक सडकमा माइकिंङ्ग गरेर ध्वनी प्रदुषणसमेत गरेकाले शनिबारदेखि त्यस्ता प्रचारशैलीलाई बन्देज गराएको डिएसपी रामेश्वर खनालले बताए । उनका अनुसार विभिन्न स्थानबाट दुई पार्टीको सवारी साधान पक्राउ गरेर पछि चेतावानी दिएर छाडिएको थियो । प्रहरी पक्राउ गरेको सिटी सफारीलाई वडा प्रहरी कार्यालय धरानमा राखेर पार्टीका नेतालाई सम्झाएर छाडेको छ । डिएसपी पौडेलका अनुसार सार्वजनिक चौक र सडकमा पार्टीको झण्डा राख्ने, माइकिङ्ग गरेर होहल्ला मच्चाउने जो सुकैलाई पक्राउ गरि कार्वाही हुनेछ । उनले कुनै निश्चित स्थानमा पार्टीको प्रचार प्रसार गर्न भने पाइने बताए । यता नयाँ शतिm पार्टी नेपालका प्रदेश सभा उम्मेद्धवार दल मर्दन कामीले सानो पार्टी भनेर प्रहरीले हेपेको दुखेसो पोखेका छन् । उनले शान्तिपुर्ण रुपमा चुनाब प्रचार गर्दा प्रहरीले हस्तक्षेप गरेको बताए । फोरमका धरान अध्यक्ष पारस काङ्गबाङ्ग राईले पनि अन्य दलको प्रचारात्मक शैलीलाई भने प्रहरीले आँखा चिम्लेको बताए ।