विराटनगर/ सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा नयाँ शक्ति नेपालका उम्मेदवाहरुले घरदैलो अभियानलाई तिव्र रुपमा अगाडी बढाएको छ । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै घरदैलो अभियानलाई तिब्र रुपमा अगाडी बढाएको हो ।
सुनसरी २ निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार उमेश थापा र प्रदेशततर्फको ‘क’ का उम्मेदवार राजेश चौधरीसहितको केन्द्रीय नेताहरुको टोलीले शनिबार वृहत घरदैलो कार्यक्रम निकालेको छ । कान्छि चौकदेखि निकालेको र्यालीले २ नम्बर क्षेत्रको मतदाताहरुको घरमा पुगेको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशतर्फको ‘क’ का उम्मेदवार चौधरीले बताए । उनका अनुसार चुनावी एजेण्डा सुनाउँदै मतदाताहरुलाई भोट माग्ने गरेको बताए । उनले भने, ‘हाम्रो एजेण्डा सुनेर हामी प्रति मतदाताको आकर्षण बढेको छ ।’