शनिश्चरे/नेकपा उमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले आफ्नो क्षेत्रमा भोट किनवेचका गतिविधिले वाम गठवन्धनलाई कुनै असर नपर्ने बताएका छन् ।
मोरङ ३ अन्तर्गत कानेपोखरीको शुक्रबारेमा शनिवार बृहत घरदैलो अभियान अघि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढकालले वाम गठवन्धनको पक्षमा जनलहर रहेकाले नेपाली कांग्रेस लक्षित गर्दै उसको गतिविधिले असर नपर्ने भन्दै आफ्नो जित बहुमतले हुने दावी गरेका छन् । उनले भने ‘ यहाँ राजनीतिक पृष्ठभूमि नभएका चटकेले एकछिन चटक देखाउँदैमा हामीलाई केही फरक पर्दैन । वाम गठवन्धनको पक्षमा रहेको जनलहर नै हाम्रो लागि महत्वपूर्ण कुरा हो ।’ वाम गठवन्धनका लागि सूचना तथा सञ्चार उपसमितिको आयोजनामा उम्मेदवारहरुसँगको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजनीतिक हिसावले हेर्दा आफ्नो क्षेत्रमा दर्विलो अर्काे प्रतिष्पर्धी नै नदेखिएको भन्दै कसिलो व्यंग्य प्रहार गरेका छन् ।
मोरङमा मात्रै नभएर देशमै यो निर्वाचन क्षेत्र चर्चामा रहेको वताउँदै उनले थपे तर यहाँ त कांग्रेसको उम्मेदवारै छैन जस्तो अवस्था छ । जित्नका लागि प्रतिष्ठाको त्यत्रो लडाईं नै गर्नुपर्दैन ।’ उनले आफुले आफ्नो क्षेत्रमा आदिवासी जनजाती प्रतिष्ठान एवम् संग्रहालय निर्माण, सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीको समस्या समाधान, खोला कटान तटवन्धन, पर्यटन प्रवद्र्धन, तेलखानीको अनुसन्धानका प्रमुख विषयहरु उठान गरेर त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।सो अवसरमा प्रदेश क की माओवादीतर्फकी उम्मेदवार गीता तिम्सिना र एमालेतर्फकी समानुपातिक उम्मेदवार कृष्णकुमारी राईले महिला अधिकार, युवा स्वरोजगार सहितको विकासको व्यवस्थापन गर्न आफूहरु प्रतिवद्ध रहेको जनाइन् ।
घरदैलो अभियानका रुपमा गाउँ गाउँबाट उत्साहपूर्वक जुटेको र्यालीमा २ हजार ५ सयको हाराहारीमा एमाले, माओवादी केन्द्रका नेता, कार्यकता, शुभेच्छुकहरुको सहभागिता रहेको थियो । उता, नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा र प्रदेश क का उम्मेदवार सूयर्माराज राईले सोही क्षेत्रको पथरीशनिश्चरे र कानेपोखरीमा घरदैलो अभियान सञ्चालन गरेका छन् । कानेपोखरीको शुक्रवारेमा भेटिएका सूयर्माराजले भने ‘ युवाहरुको ढुकढुकीका रुपमा आफु कानेपोखरीमै घर भएको युवा उम्मेदवार रहेकाले आफुलाई ढुंगा माटोले समेत चिन्ने र निश्चित रुपमा मेरो जितको विकल्प नै छैन ।’