शनिश्चरे/महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातका क्रममा शनिबार मोरङको पथरीशनिश्चरे शिविरका भूटानी शरणार्थीहरुले र्याली निकालेका छन् ।
शिविर व्यवस्थापन समितिको आयोजनामा महिला हिंसा अन्त्यका लागि सन्देश छर्न लेखिएका प्लेकार्ड बोकेर निस्किएको महिलाहरुको र्यालीले शिविर परिक्रमा गरेको थियो । र्यालीपछिको कोणसभामा शिविरमा समेत हुने गरेका महिला हिंसाका गतिविधिलाई रोक्नु पर्ने आव्हान गर्दै वक्ताहरुले आफ्नो धारणा राखेको शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जनाए ।