पथरी/नेपाली कांग्रेबाट प्रदेश सभामा उम्मेदवार भएका कानेपोखरी गाउँपालिका –५, का सुर्यमान राईले वाम गठवन्धनका उम्मेदवार गिता तिम्सिनालाई आफुले ५ हजार मतको अन्तरले जित्ने बताएका छन् । शनिबार कानेपोखरी गाउँपालिका वडा नम्बर ७ को घरदैलो कार्यक्रममा पत्रकारहरुको भेटमा सो कुरा बताएका हुन । आफु स्थानीय भएकोले यहाँको कुरो गहिरो रुपमा बुझेको र प्रत्येक जनताको भावना बुझ्न सक्ने व्यक्ती भएकोले मेरो जित्ने आधारहरु यहि रहेको बताए । उनले भने –‘मेरो प्रतिस्पर्धि गिता तिम्सिनाले जनताको भावना बुझ्न सक्ने क्षमता नभएको र यहाँको समस्याको बारेमा थाहा नभएकोले मेरो ५ हजार मतको अन्तरले जित्नेमा ढुक्क छु । सुकुम्बासी,नदिकटान, युवा रोजगार,पर्यटन मुख्य एजेण्डा रहेको छ ।’ उम्मेदवार राईले निःशुल्क स्वास्थ शिविरको आलोचन भईरहदा यो चुनाव अघि मात्र होइन चुनाव पछि पनि निःशुल्क स्वास्थ शिविर संचालन हुने ग्यारेन्टी गरेका थिए ।