पथरी/ जित आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस र संयुक्त वाम गठवन्धन अहिले मोरङको क्षेत्र नं. ३ अन्तरगत कानेपोखरी गाउँपालिकाको वडाहरुमा घरदैलो अभियान तिव्र पारेका छन् । शनिबार वाम गठवन्धनले वडा नं. ७ र ५ घर वृहद घरदैलो कार्यक्रमको आयोजना गरेको छ । प्रतिनिधि सभाको उम्मेदवार भानुभक्त ढकाल, प्रदेश सभाका उम्मेदवार गिता तिम्सिना र प्रदेश सभाका समानुपातीकका उम्मेदवार कृष्णा राई सहितको घरदैलो अभियानमा ७ सयको हारहारीमा नेता तथा कार्यकर्ता उपस्थीत रहेका थिए । घरदैलो कार्यक्रममा शुक्रबारे चौक, बरगाँछि चौक,आइतबारे चौँक र घले टोलमा कोण सभाको आयोजना भएको थियो ।
कोण सभामा भानुभक्त ढकालले वाम सरकार स्थापीत भएपछि वृद्धा भत्ता ५ हजार बनाउने, सुकुम्वासीहरुको हात हातमा धनिपुर्जा दिएर समस्याको हल गर्ने, चिंसाङ डाँसखोलाको दिर्घकालिन गुरु योजना बनाएर उत्तर दक्षिण टतवन्धन गरी खोला नियन्त्रण गर्ने, युवा स्वरोजगार कार्यक्रम लगाएतका ल्याउने योजना रहेको बताए । कार्यक्रममा विरध्वज शिवाले उपस्थी नेता कार्यकर्तालाई खुव नचाएका थिए । उनले ‘लाल भण्डा फराउर्दै, पहाड मधेश मोटर गुराउँदै, भोट केमा सुर्यमा हँसिया हटौडा छाँप लगाउँर्दै, वामपन्थि आउँर्दैछन् वहुमतको सरकार बनाउँदै.......’जस्ता गित गाएर सवैलाई नचाएका थिए ।
सामाधान गरेर कार्यक्रममालाई दुईभागमा विभाजन गरिएको थियो पहिलो चरण वडा नं. ७ र खाना खाएर दोस्रो चरण वडा नम्बर ५ मा घरदैलो अभियान गरिएको संयुक्त वाम गठवन्धन कानेपोखरी गाउँपालिका निर्वाचन परिचालन कमिटिका संयोजक तारावहादुर काफ्लेले बताए । स्थानीय निर्वाचनमा नेकपा एमालेले वडा नम्बर ७ र ५ पनि प्यानल सहित विजय गरेका थिए ।