धरान/उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो पटक शनिबार धरानमा रक्तदान कार्यक्रम गरेको छ । धरान-१० स्थित सहकारीको परिसरमा गरिएको रत्तदानमा ८८ युनिट रगत संकलन भएको छ । गत वर्ष ६७ युनिट रगत सङ्कलन भएको थियोे । रगत अभावलार्इ मध्यनजर गर्दै रत्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष डा.योगेन्द राईले बताए । उनले भने-'सम्भव भए वर्षमा दुई पटक रत्तदान गर्ने योजनामा छौं ।' नेपाल रेडक्रस साेसाइटी सुनसरीकाे प्राविधिक सहयाेगमा कार्यक्रम गरिएकाे थियाे । रेडक्रस सुनसरीका सभापति उमेश थापाको प्रमुख आथित्यमा भएकाे कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी , संघसंस्था, शैक्षिक सस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।