शनिश्चरे, मोरङ /नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको झापाको दमक ५ मा रहेको घरको घरमा वम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले विप्लव माओवादीका एकजना कार्यकर्ता पक्राउ गरेको छ ।

शनिवार विहान ४ वजेको समयमा घर अगाडिको गेटमा आइटी बम विष्फोट भएको थियो । त्यसबाट पूर्वी गेटमा सामान्य क्षति बाहेक कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी दीपक गिरीले जनाए । त्यहाँ रहेको अर्काे बम केर्खास्थित २१ नम्वर वाहिनीबाट आएको सेनाको टोलीले बम निस्कृय पारेको गिरीले बताए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई विथोल्ने लक्षका साथ राखेको बमलाई बिहान ७ .२० मा सेनाले निस्कृय पारेको थियो । वम राखेको अभियोगमा विप्लव माओवादीका झापा जिल्ला सदस्य तथा शनिअर्जुन नगरपालिकाका इञ्चार्ज प्रविण पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

त्यहाँ कोकको बोतलमा ५० ग्राम विस्फोटक पदार्थ र डेटोनेटर भेटिएको सेनाको डिस्पोजल टोलीले जनाएको छ । प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका ओलीको सो घरमा नाताले भतिजा पर्ने दमक नगरपालिका प्रमुख रोमनाथ ओली वस्दै आएको छ । सो घटनापछि सुरक्षा निकायले दमकमा उच्च सुरक्षा शतर्कता अपनाएको छ । त्यस्तै, नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उद्धव थापाको घरमा पनि शुक्रवार राति १२ बजेर २० मिनेट जाँदा बम विष्फोट भएको छ । विष्फोटनबाट अर्जुनधारा–७ मा स्थित थापाको घरमा पार्किङ गरी राखिएको बा. ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । निर्वाचनको मुखमा यस्तो घटना हुनु दुर्भाग्य भएको उम्मेद्वार थापाले बताए ।

सरकारले निर्वाचन सुरक्षा व्यवस्था कडा बनाएको जनाएपनि विष्फोट र उम्मेद्वारमाथि आक्रमण भइरहदा त्रास बढेको छ । विष्फोटबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । निर्वाचनको विरोधमा वम राख्दै आएको अभियोगमा विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पूर्वाञ्चलका विभिन्न ठाउँबाट पक्राउ गर्दै आएको छ ।