विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसीनवारीमा जस्तापाता उत्पादन गर्ने उद्योग आरती स्ट्रीपबाट प्रदुर्षण भएपछि स्थानिय आन्दोलित भएका छन् ।
उद्योगबाट निस्किने फोहोर नालामा मिसाउने र प्रदुर्षणबाट हैरानी भएपछि स्थानियबासी शुक्रबार दिनभरी आन्दोलनमा उत्रिएका हुन् । दिगो रुपमा व्यवस्थापान नगरी सञ्चालनमा ल्याएको उद्योगबाट निस्कीने धुवा र प्रदुर्षणले हैरानी भएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको बुढीगंगा गाउँपाकिाल १ टंकिसीनवारीका फडिन्द्र प्रसाद निरौलाले बताए । ‘जस्तापाता उत्पादन गर्ने उद्योगको वरीपरी १ हजारको सख्ंयमा स्थानियबासीको बसोबास छ,’ स्थानिय निरौलाले भने, ‘पटक –पटक उद्योगलाई प्रदुर्षण व्यवस्थापन गरी सञ्चालन गर्न अनुरोध गरिम । प्रदुर्षण बढेकै कारण स्थानिय निकायसम्म डेलिकेसन समत पुगिम । कतैबाट कुनै सुनवाइन नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिका छौं ।’ उद्योगबाट निस्कने दूषित पानी नालामा मिसाउँदा यस बस्तीका स्थानियबासी बिरामी पर्न थालेका स्थानियबासीको भनाई छ । ‘उद्योग दिनभरी पनि चल्छ, रातीभरी पनि चल्ने गर्दछ,’ उद्योगबाट निस्केको प्रदुर्षणबाट पीडत भएका टंकिका राम शेखर घिमिरेले भने,‘हामीले उद्योग नचलाउ भनेको होइन् । उद्योग व्यवस्थित रुपमा सञ्चालन गर्नुप¥यो मात्र भनेका हौं । उद्योगबाट निस्केको दुर्घन्दले बाटो नै हिडिनसक्नु हुन्छ । सो उद्योगबाट निस्केको धुवाको मुस्लोले आँखा नै पोल्छ,’ उनी भन्छन्, ‘अझ रातको समयमा मिसिन चल्दा त भइँचालो आएजस्तो हुन्छ ।’ दिनभरी उद्योगबाट निस्कीने धुवाको समस्या र रातमा मिसनको आवजले सुत्न नसकेको स्थानियबासी बताउछन् । सो उद्योगबाट पीडीत भएका स्थानियबासीले शुक्रबार भेला भइ दिनभरी उद्योग परिसर बाहिर आन्दोलिनमा उत्रिएका थिए । उद्योगबाट निस्कीने प्रदुर्षण तत्काल व्यवस्थापन नगरे कडा रुपमा आन्दोलनमा उत्रिने उनीहरुले चेतवनी दिएका छन् । उद्योग प्रशासन र पीडित पक्ष बिचको आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल गर्ने भएको छ । छलफलमा प्रदुर्षण दिगो व्यवस्थापन गर्ने सहमति नभए चरणबद्ध आन्दोलनमा उत्रिने स्थानिय नगेन्द्र प्रसाद ढकालले बताए । यता आरती स्ट्रीपका प्रशासन प्रमुख दिवस नेपालले स्थानियबाट आएको समस्या प्राविधिक टोली राखेर चाँडै समस्याको सावधान गर्ने बताए । उनले भने, ‘अहिलेसम्म हामीसँग बुद्धागत रुपमा समस्या आएको छैन । आएपछि तत्काल समस्या सावधान गर्न लागी पर्छौ ।