धरान/कर सप्ताह अन्तर्गत आन्तरिक राजश्व कार्यालय धरानले उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको छ । बिहीबार कार्यक्रमको कर सप्ताहको समापन गर्दै सबैभन्दा बढी कर तिर्ने सुनसरीको स्वदेशी लघु उद्योगलगायतलाई सम्मानित गरेको हो । हरेक जिल्लाबाट सबैभन्दा बढीकर तिर्ने धनकुटाको कावेली विकास बैंक, तेह्रथुमबाट माउन्ट मकालु विकास बैंक, संखुवासभाबाट मकालु वाइन इण्डष्ट्रिज, भोजपुरबाट तुम्लेखा सहकारी संस्था सम्मानित भए । त्यस्तै सहयोगी संस्थाको रुपमा सुनसरी उद्योग बाणिज्य संघ अन्तर्गतको महेन्द्रनगर शाखा सम्मानित भएको सुनसरी उवा संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले बताए । त्यस्तै कार्यालयका कर्मचारी पून्यप्रसाद अधिकारीलाई पनि सम्मानित भए । सम्मानितहरुलाई कार्यालयका कर अधिकृत देवनारायण पौडेल र सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले सम्मान पत्र प्रदान गरेका छन् । सम्मानितहरुलाई कर अधिकृत पौडेलले धन्यवाद ज्ञापन गरे ।