सुनसरी/सुनसरी प्रशासनले सकंटकालमा जस्तो व्यावसाय बन्द गराई चुनाव गराउँन लागेको भन्दै व्यावसायीहरुले आपत्ती जनाएका छन । प्रहरी प्रशासनले व्यावसायीहरुलाई दुःख दिने नियतले सात बजे होटल बन्द गराउँन निर्देशन दिएको भन्दै प्रहरी प्रशासन विरुद्ध अदालत सम्म जाने व्यावसायीहरुले चेतवनी दिएका छन । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिए सँगै सुनसरीमा प्रहरी प्रशासनले भट्टी पसलहरुमा मादक पदार्थ निर्वाचन अवधीभर रोक लगाउँन निर्देशन दिए सँगै ब्यावसायीहरु आक्रोसित भएका हुन । संकटकालमा जस्तो व्यावासय बन्द गराई चुनाव नहुने भन्दै व्यावसाय बन्द गराउँन भन्दा पनि शान्तीसुरक्षामा लाग्न व्यावसायीहले सुनसरीका प्रहरी प्रशासनलाई आग्रह गरेको हो । मदिा व्यावसायी संघ इटहरीका अध्यक्ष गोपाल चापागाईले प्रशासनले लगाएको मनपरी नियम विरुद्ध आफुहरु अदालत सम्म जाने वताए । उनले भने यो कस्तो नियम हो पसल बन्द गराएर चुनाव गराउँने उनले प्रश्न गरे ।

आगमी १६ गते सम्म निर्वाचन अवधिभर बेलुकी ७ बजेपछि होटल तथा रेस्टुराँमा समेत मदिरा तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउँन होटलहरुमा प्रहरीहरु उर्दि गदै पुग्न गरेका छन १६ गते पछि २१ गते सम्म मदिरा विक्रि वितरणमा पूर्ण रोक लगाउँने सुनसरीका प्रशासनले लगाएको नियम नाजायज भएको भन्दै अध्यक्ष चापागाईले यसरी ब्यापारीहरुलाई दुख दिन नहुने वताए । उनले भने प्रहरी प्रशासन सुरक्षा दिन नसक्ने अनि ब्यावसाय बन्द गदै हिड्ने ? यो निर्णय फिर्ता नलिए आफुहरु अदालत जाने उनको भनाई थियो ।

निर्वाचनको मौनअवधिदेखि मतदान अवधिभर मदिरा बिक्री तथा सेवन गर्न समेत नपाइने निर्णय अबैधानिक भएको होटल ब्यावसायी संघ इटहरीका अध्यक्ष अनुरोध थापाले वताए । सिमित स्वार्थको लागी प्रशासनले सयौ होटल ब्यावसायीहरुको राजीरोटी खोस्ने काम गरेको भन्दै तत्काल निर्णय सच्याउँन आग्रह गरे । उनले प्रशासनलाई प्रश्न गदै भने संकटकालमा गरे जस्तो चुनाव गरेर जनता नत्रसाउँन उनको आग्रह छ । होटलहरु बन्द गराउँदा शान्तीसुरक्षा कडा हुने भ्रम नपाल्न आग्रह गदै अध्यक्ष थापाले प्रशासनको यो निर्णय विरुद्ध ब्यावसायीहरु लाग्ने वताए ।