पथरी/ संघिय र प्रदेश सभाको चुनावको प्रचारप्रसार सुरुवात देखिनै मोरङ क्षेत्र नम्बर ३ मा निर्वाचन आयोगको आचारसंहिता उल्लंघन कार्यले निन्तरता पाइरहेको छ । निर्वाचन आचारसंहिता अटेर गर्दै क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको लागी उमेदवार बनेका सुनिल शर्माले गाउँ गाउँमा बिजुलिको पोल ल्याइन थालेका छन् ।
सोमबार राती मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ६ स्थीत नर्सरी डाँडा र गुरुङ डाँडाको लागी ल्याएको पोल सहित ना २ ख ९६१३ नम्बरको ट्रक लाई इलाका प्रहरी कार्यालय पथरी प्रहरीले पक्राउ गरेका छ । जम्मा २४ वटा पोलको बिल भने नभएको इलाका प्रहरी कार्यालयका इस्पेक्टर राजन कार्कीले बताए । २४ वटा पोल मध्ये १० वटा गाडीबाट झारन बाँकी रहदा उनिहरुलाई पक्राउ गरेको हो । कस्ले,कहाँबाट ल्याए भन्दा ट्रक चालकले पार्टीले पठाएको भनेपछि वाम गठ वन्धनका नेता तथा कार्यकर्ताहरुले प्रहरीलाई खबर गरेर रोकेका थिए ।
वाम गठ वन्धन कानेपोखरी गाउँपालिका स्तरीय निर्वाचन परिचान कमिटिका अध्यक्ष ताराबहादुर काफ्लेले कांगेसको यो कदम गलत भएकोले यस कदम फेखि दोदिए यसको प्रतिकार वाम गठ वन्धनले गर्ने छ ,त्यसको क्षतीपूर्ति सरकारले लिनु पर्ने चेतावनी दिएका छन् ।